नेपाल बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं । नेपाल बैंकले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट लाभांश घोषणा गरेको छ ।

बैंक संचालक समितिको पुस १ गते बसेको बैठकले सेयरधनीलाई २ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित १० प्रतिशत नगद गरी कुल १२ प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।

बैंकले घोषणा गरेको यो लाभांश अघिल्लो आर्थिक वर्ष २०७७/७८ को भन्दा ५ प्रतिशत कम हो । बैंकले सो आवमा १७ प्रतिशत लाभांश दिएको थियो ।

प्रस्तावित लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी साधरण सभाबाट पारित भएपछि सेयरधनीले पाउने छन् ।

धमाधम टेस्लाको सेयर बेच्दै एलन मस्क, यसै वर्ष चौथो पटक बेचे Read Previous

धमाधम टेस्लाको सेयर बेच्दै एलन मस्क, यसै वर्ष चौथो पटक बेचे

सुर्खेत विमानस्थलमा बुद्धको एटीआर-७२ जहाजबाट उडान सुरू Read Next

सुर्खेत विमानस्थलमा बुद्धको एटीआर-७२ जहाजबाट उडान सुरू