प्रभु बैंकको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन

काठमाडौं । प्रभु बैंक नेपालको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।

बैंकले साधरण सभा प्रयोजनका लागि पुस १ गते बुकक्लोज तोकेको छ । सो अनुसार आजसम्म कायम रहने सेयरधनी मात्र कम्पनीको लाभांश पाउने छन् ।

बैंकले आर्थिक वर्ष गत २०७८/७९ को मुनाफाबाट ६.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित १.५ प्रतिशत नगद गरी कुल ८ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।

बैंकले सो लाभांश पारित गर्न पुस १४ गते २१ औं वार्षिक साधारण सभा बोलाएको हो । बैंकको सभा केन्द्रीय कार्यालय, बबरमहल, काठमाडौंमा बिहान ९ बजे सुरु हुनेछ।

बैंकको साधरण सभाले पारित गरेपछि सेयरधनीले उक्त लाभांश पाउने छन् ।

निफ्राको ५ अर्बको ऋणपत्र विक्री खुल्यो, कति कित्ता भर्न पाइन्छ ? Read Previous

निफ्राको ५ अर्बको ऋणपत्र विक्री खुल्यो, कति कित्ता भर्न पाइन्छ ?

बैंक तथा वित्तीय संस्थाकाे क्षेत्रगत कर्जाको सीमा पुर्याउने अवधि १ वर्ष थप Read Next

बैंक तथा वित्तीय संस्थाकाे क्षेत्रगत कर्जाको सीमा पुर्याउने अवधि १ वर्ष थप