निफ्राको ५ अर्बको ऋणपत्र विक्री खुल्यो, कति कित्ता भर्न पाइन्छ ?

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले आज (कार्यालय समय)देखि ५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र विक्रिी खुला गर्ने भएको छ । बैंकले ७ वर्ष अवधिको ‘निफ्रा उर्जा ऋणपत्र ७ प्रतिशत २०८५र८६’ विक्रीमा ल्याएको हो ।

बैंकले प्रतिऋणपत्र १ हजार अंकित दरका ५ अर्ब रुपैयाँ बराबरको ५० लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो। सोमध्ये ६० प्रतिशत (३० लाख कित्ता) कित्ता व्यक्तिगत तवरबाट विक्री गर्नेछ । बाँकी ४० प्रतिशत (२० लाख कित्ता) सर्वसाधारणका लागि छुट्याइएको छ । सर्वसाधारणका लागि निष्काशन गरिएको ऋणपत्रमध्ये ५ प्रतिशत (१ लाख कित्ता) ऋणपत्र सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको छ।

सो ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतममा १ लाख कित्ताका लागि आवेदन दिनुपर्नेछ। उक्त ऋणपत्रमा छिटोमा पुस ४ गतेसम्म आवेदन दिन पाइने छ । सो अवधिमा सबै ऋणपत्र विक्री नभएमा ढिलोमा पुस १४ गतेसम्म आवेदन दिन पाइन्े छ ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्था, तिनका शाखा कार्यालयका साथै मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन् । बैंकको धितोपत्र निष्काशन तथा विक्री प्रबन्धक एनआइबीएल एस क्यापिटल रहेको छ।

यस ऋणपत्रमा लगानी गर्नेले वार्षिक ७ प्रतिशत ब्याजदर पाउने छन् । सो ऋणपत्रमा आर्जित ब्याज रकम प्रत्येक आर्थिक वर्षको प्रथम अर्धवार्षिक र दोस्रो अर्धवार्षिक समाप्त भएपछि कर कट्टा गरी भुक्तानी गरिनेछ।

बैंकको ऋणपत्रलाई इक्रा नेपालले इक्राएनपी इस्यूअर रेटिङ ट्रिपल बी रेटिङ दिएको छ । यसले बैंकको वित्तीय जोखिम बहन गर्नसक्ने क्षमता मध्यम जोखिम रहेको संकेत गर्दछ।

सूचीकृत कम्पनीका सञ्चालक, कार्यकारी प्रमुख लगायतकाे सेयर रोक्का गर्न निर्देशन Read Previous

सूचीकृत कम्पनीका सञ्चालक, कार्यकारी प्रमुख लगायतकाे सेयर रोक्का गर्न निर्देशन

प्रभु बैंकको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन Read Next

प्रभु बैंकको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन