काठमाडौं । कालिञ्चोक दर्शन लिमिटेडको प्राथमिक साधरण सेयर (आइपीओ)मा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।
कम्पनीले मंसिर १४ गतेदेखि आयोजना प्रभावित क्षेत्र दोलखाका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि विक्रीमा ल्याएको आइपीओ भर्ने आज अन्तिम दिन हो ।
कम्पनीले स्थानीयका लागि प्रतिकित्ता १०० रुपैयाँ दरले जारी पूँजी ६० करोड रुपैयाँको २ प्रतिशत अर्थात् १ करोड २० लाख रुपैयाँ बराबरको १ लाख २० हजार कित्ता सेयर विक्रीमा ल्याएको हो ।
त्यसैगरी, वैदेशिक रोजगारीमा रहका नेपालीहरुका लागि १ करोड ८ लाख रुपैयाँ बराबरको १ लाख ८ हजार कित्ता सेयर सेयर विक्रीमा ल्याएको छ ।
उक्त आइपीओमा स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतम ४ हजार ९९० कित्ताका लागि आवेदन दिन सक्नेछन् भने वैदेशिक रोजगारमा रहेकाले अधिकतम १० हजार ८०० कित्ताका लागि आवेदन दिन पाउनेछ।
कम्पनीको सेयर निष्काशन तथा विक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ। लगानीकर्ताले विक्री प्रबन्धक र कालिञ्चोक दर्शन लिमिटेडको कार्यालय, मेगा बैंक र सेञ्चुरी बैंकका दोलखाका तोकिएका शाखा कार्यालयका साथै नेपाल धितोपत्र बोर्डबाट सी आस्वा अनुमति प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सक्नेछन्।
कम्पनीको आइपीओलाई रेटिङ एजेन्सी केयर रेटिङ नेपालले ‘केयर एनपी डबल बी प्लस इस्यूअर’ रेटिङ दिएको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यस्तरको जोखिम रहेको संकेत गर्दछ।