काठमाडौं । इस्टर्न हाइड्रोपावरको प्राथमिक साधरण सेयर (आइपीओ) नेपाल स्टक एक्स्चेन्ज (नेप्स)मा सूचीकृत भएको छ ।
मंगलबार स्थानीय, सर्वसाधरण र संस्थापकको गरी कम्पनीको कुल ६२ लाख कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो ।
नेप्सेमा सूचीकृत भएसँगै बुधबारदेखि कम्पनीको सेयर दोस्रो बजारमा कारोबारमा आउने छ । यद्यपि, प्रि ओपन सेसनमा कारोबार हुन नसके नियमित कारोबारमा आउने छैन ।
कम्पनीको सेयर कारोबारका लागि नेप्सले न्यूनतम ७२.३३ रुपैयाँदेखि २१६.९९ रुपैयाँँ ओपनिङ्ग रेन्ज दिएको छ । यही बीचमा रहेर कम्पनीको पहिलो सेयर कारोबार हुनेछ ।
कम्पनीको सेयर कारोबारका लागि नेप्सेले EHPL संकेत चिह्न प्रदान गरेको छ ।