काठमाडौं । सेयर बजारमा झिनो गिरावट आएको छ । दिन भरमा १६ अंकको उतरचढाव भएको नेप्से अन्त्यमा २ अंकले घटेर बन्द भएको हो ।
सूचकमा झिनो गिरावट आए पनि कारोबार रकममा भने भारी गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम ५९ करोडले घटेर पौने अर्बमा सीमित भएको छ ।
मंगलबार नेप्से २.५७ अंकले घटेर १८९९.७० विन्दुमा आइपुगेको छ । यसदिन २४८ कम्पनीको ७७ करोड ७० लाख रुपैयाँ बढीको २० लाख ५८ हजार ५१० कित्ता सेयर किनबेच भएको छ ।
आज कारोबारमा आएका १३ वटा उपसमूहमध्ये ४ समूहको परिसूचक बढेको छ भने ९ समूहको राताम्मे भएको छ । अन्य समूह सबैभन्दा धेरै ०.९० प्रतिशतले घटेको छ ।
आज नबिल बैंकको सर्वाधिक कारोबार भएको छ । यसको ७ करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ । त्यस्तै, नेपाल टेलिकम ६ करोड र समिट लघुवित्त साढे ४ करोड बढीको कारोबार हुँदै शीर्ष तीनमा रहे ।
झिनो अंकले घटेको बजारमा आज सीवाइर्सी लघुवित्तको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । यसका सेयरधनीले ठ्याक्कै १० प्रतिशत कमाएका छन् ।
त्यसैगरी, सान्जेन जलविद्युत् ७.७३, माथिल्ले तामाकोशी ५.११, रसुवागढी हाइड्रोपावर र खानीखोला हाइड्रोपावरको सेयर मूल्य ३ प्रतिशतले बढेको छ ।