पुसमा बैंकको ब्याजदर नबढ्ने

काठमाडौं । वाणिज्य बैंकहरूले पुसका लागि निक्षेपको ब्याजदर नबढाउने भएका छन् । मंगलबार बसेको नेपाल बैंकर्स संघको बैठकले पुसमा निक्षेपको ब्याजदर नबढाउने निर्णय गरेको हो ।

संघका अनुसार पुसका लागि मंसिरकै ब्याजदर यथावत राखिने भएको छ । अहिले बैंकहरूले व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम १२.१३३ प्रतिशत, संस्थागत मुद्दती निक्षेपमा १०.१३३ प्रतिशत र साधरण बचतमा कम्तीमा ७.१३३ प्रतिशत ब्याज दिँदै आएका छन् । पुसमा पनि यही ब्याजदर कायम हुने संघले जनाएको छ ।

पछिल्लो समय लगानी योग्य रकम भए पनि ब्याजदर महँगो भएपछि कर्जाको माग शून्यप्रायः छ । अर्कातिर, उद्योगी व्यवसायी ब्याजदर घटाउन माग गर्दै देशव्यापी आन्दोलनमा छन् । त्यसैलाई मध्येनजर गर्दै बैंकहरूले मंसिरमा ब्याजदर नबढाउने निर्णय गरेका हुन् ।

गत चैतदेखि स्थिर रहेको बैंकको ब्याजदर ६ महिनापछि असोजमा बढेको थियो ।

कालीगण्डकी करिडोरको मालढुङ्गा-हर्मिचौर खण्ड कालोपत्र सुरू Read Previous

कालीगण्डकी करिडोरको मालढुङ्गा-हर्मिचौर खण्ड कालोपत्र सुरू

नारायणगढ-मुग्लिन सडक दैनिक ४ घण्टा बन्द हुने, कति बजेदेखि ? Read Next

नारायणगढ-मुग्लिन सडक दैनिक ४ घण्टा बन्द हुने, कति बजेदेखि ?