सेयर बजारमा भीषण पहिरो, ४ कम्पनीको सेयर मूल्यमा सर्किट

काठमाडौं । सेयर बजारमा पहिरो गएको छ । गत साता ४३ अंकले घटेको नेप्से आज एकै दिन झन्डै ३२ अंकले घटेको हो ।

सोमबार नेप्से ३१.९७ अंकले घटेर १९८८५.३१ विन्दुमा आइपुगेको छ । यसदिन २५३ कम्पनीको १ अर्ब १० करोड रुपैयाँ बढीको ३५ लाख १२ हजार ८३४ कित्ता सेयर किनबेच भएको छ ।

आज कारोबारमा आएका १३ वटै उपसमूहको परिसूचक राताम्मे भएको छ । बैंकिङ समूह सबैभन्दा धेरै २.३० प्रतिशतले घटेको छ ।

आज शिवम् सिमेन्टको सर्वाधिक कारोबार भएको छ । यसको झन्डै ११ करोड रुपैयाँको सेयर किनबेच भएको छ । त्यस्तै, नबिल बैंकको साढे ७ करोड र हिमालयन डिस्ट्रीलरीको ५ करोड बढीको कारोबार हुँदै शीर्ष तीनमा रहे ।

आज ४ कम्पनीको सेयर मूल्यमा सर्किट ब्रेक लागेको छ । सीवाइसी लघुवित्त, समिट लघुवित्त र मैलुङ खोला जलविद्युत्को सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । यी कम्पनीका सेयरधनीले १० प्रतिशत कमाएका छन् ।

घट्दो बजारमा आज नाडेप लघुवित्तको सेयर मूल्यमा भने नेगेटिभ सर्किट लागेको छ । यसका सेयरधनीले ठ्याक्कै १० प्रतिशत गुमाएका छन् ।

 

तेलको व्यापार बढ्दा साउदी अरेबियाको जीडीपीमा ८.८ प्रतिशत वृद्धि Read Previous

तेलको व्यापार बढ्दा साउदी अरेबियाको जीडीपीमा ८.८ प्रतिशत वृद्धि

विराटनगर-धरान ६ लेन सडक विस्तार सुस्त, यस वर्ष पूरा नभए डिभिजनलाई सुम्पिने Read Next

विराटनगर-धरान ६ लेन सडक विस्तार सुस्त, यस वर्ष पूरा नभए डिभिजनलाई सुम्पिने