काठमाडौं । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टले गत आर्थिक वर्षको नाफबाट घोषणा गरेको लाभांश पारित गर्न साधारण सभा बोलाएको छ ।
कम्पनीले घोषणा गरेको ५.२६ प्रतिशत लाभांश पारित गर्न पुस २० गते १० औं साधारण सभा बोलाएको हो। कम्पनीको सभा आम्रपाली ब्याङ्क्वेट, थिरबम सडक, काठमाडौँमा हुनेछ ।
सभामा गत वर्षको नाफाबाट घोषित ५.२६ प्रतिशत अर्थान् ६ करोड ४३ लाख ४० हजार ९३५ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव मुख्य एजेन्डाको रुपमा लैजाने भएको छ । यस्तै, सभमा गत वर्षको नाफा नोक्सान हिसाब पारित गर्ने, लेखापरीक्षण समिति लगायतका अन्य उपसमितिहरुको बैठक भत्ता निर्धारण गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्ताव एजेन्डाको रुपमा लैजाने भएको छ ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले पुस ५ गते बुकक्लोज तोकेको छ । सो अनुसार पुस ४ गतेसम्म नेप्सेमा कारोबार भइ कायम रहने सेयरधनीले सभामा भाग लिन र प्रस्तावित लाभांश पाउने छन् ।