काठमाडौं । पाँचथर पावर कम्पनीले ७ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ ।
कम्पनीको बिहीबार बसेको संञचालक समितिको बैंठकले गत आर्थिक वर्षको संचिति मुनाफाबाट चुक्ता पूँजीको ७ प्रतिशत (कर सहित) नगद लाभांश दिने वितरण गर्ने प्रस्ताव गरेको हो ।
कम्पनीको आगामी हुने वार्षिक साधारण सभाबाट सो लाभांश वितरणको प्रस्ताव पारित गरे पश्चिात सेयर धनिले प्राप्त गर्ने छन् । हाल कम्पनीको चुक्ता पूँजी ९६ करोड २५ लाख रुपैयाँ रहेको छ ।