राष्ट्र बैंकले सम्पत्ति शुद्धीकरण निवारण सुपरिवेक्षण महाशाखा स्थापना गर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले सम्पत्ति शुद्धीकरण निवारण सुपरिवेक्षण महाशाखा स्थापना गर्ने भएको छ । राष्ट्र बैंकले सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण गर्न त्यस सम्बन्धि निरीक्षण तथा सुपरिवेक्षण महाशाखा स्थापना गर्ने भएको हो ।

आगामी माग १ देखि कार्यारम्भ गर्नेगरी बैंकभित्र अलग्गै विशिष्टिकृत सुपरिवेक्षकीय संरचनाको रुपमा सम्पत्ति शुद्धीकरण निवारण महाशाखा स्थापना गर्ने निर्णय गरिएको राष्ट्र बैंकले जनाएको छ ।

पछिल्लो समय सम्पत्ति शुद्धीकरणका घटना बढ्दै गएपछि नेपाल अन्तर्राष्ट्रिय सम्पत्ति शुद्धीकरणको ग्रेय सूचीमा पर्ने जोखीम बढेको छ । राष्ट्र बैंक वित्तीय सूचना इकाइले सार्वजनिक गरेको गत वर्षको प्रतिवेदन अनुसार नेपालमा सम्पत्ति शुद्धीकरण सम्बन्धि घटना ८० प्रतिशत बढीले बढेको उल्लेख छ ।

महाभियोग प्रस्ताव निष्प्रभावी भएको पत्रविरुद्ध सुनुवाइ सुरु Read Previous

महाभियोग प्रस्ताव निष्प्रभावी भएको पत्रविरुद्ध सुनुवाइ सुरु

आर्थिक वर्ष सुरु भएको ५ महिना बित्यो, अझै ल्याएनन यी पाँच पालिकाले बजेट Read Next

आर्थिक वर्ष सुरु भएको ५ महिना बित्यो, अझै ल्याएनन यी पाँच पालिकाले बजेट