काठमाडौं । सेगवे-नाइनबट इलेक्ट्रीक स्कुटरले काठमाडौं उपत्यकाका १० स्थानमा चार्चिङ स्टेशन स्थापना गर्ने भएको छ ।
आफ्नो विद्युतीय सवारी साधनको प्रयोगलाई प्रवद्र्धन गर्न उपत्यकाभर १० वटा ईभी-चार्जिङ स्टेशनहरू जडान गर्ने योजना घोषणा गरेको हो ।
सेगवे नाइनबट इलेक्ट्रीक स्कुटरको नेपालको लागि आधिकाकिर विक्रेता कम्पनी आइहव प्रालीले उपत्यकाका विभिन्न् १० स्थानमा फास्ट चार्जिङ सर्पोट गर्ने चार्जिङ स्टेशन निर्माणको काम सुरु गर्न लागेको जनाएको हो ।
सेगवेको यो सुरुवातले ग्राहकहरुको यात्रालाई थप चिन्तामुक्त र सुविधाजनक बनाउने कम्पनीले विश्वास लिएको छ ।कम्पनीले भक्तपुर, ललितपुर र काठमाडौँका सहज र पहुँचयोग्य स्थानमा चार्जिङ स्टेशन जडान गरिने बताएको छ ।
सेगवे-नाइनबटले विश्वव्यापी रूपमा प्रख्यात दुई पाङ्ग्रे सेल्फ-ब्यालेन्सिङ्ग स्कुटर तथा किक स्कुटरहरुसमेत विक्री गर्दै आएको छ ।आगामि दिनमा कम्पनीहरूले देशभरका पहुँच योग्य स्थानहरूमा चार्जिङ स्टेशनहरू जडान थाल्ने बताएको छ ।