नेप्सेमा उच्च अंकको गिरावट, यी हुन् धेरै मूल्य घट्ने कम्पनी

काठमाडौं । सेयर बजारमा उच्च अंकको गिरावट आएको छ । बजार खुलेदेखि लगातार ओरालो लागेको नेप्से २४ अंकले घटेर बन्द भएको हो ।

सूचकमा गिरावट आए पनि कारोबार रकममा भने बढोत्तरी आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम ११ करोडले बढेर डेढ अर्ब नाघेको छ ।

सोमबार नेप्से २४.४६ अंकले घटेर १९३८.७६ विन्दुमा आइपुगेको छ । यसदिन २४० कम्पनीको १ अर्ब ६७ करोड रुपैयाँ बढीको ४१ लाख २७ हजार २८६ कित्ता सेयर किनबेच भएको छ ।

आज कारोबारमा आएका १३ वटा उपसमूहको परिसूचक राताम्मे भएको छ । उत्पादनमूलक समूह सबैभन्दा धेरै २.३७ प्रतिशतले घटेको छ ।

आज रिडी पावरको सर्वाधिक कारोबार भएको छ । यसको ३० करोडरुपैयाँ बढीको सेयर किनबेच भएको छ । त्यस्तै, शिवम् सिमेन्ट २० करोड र नबिल बैंक ८ करोड बढीको कारोबार हुँदै शीर्ष तीनमा रहे ।

घट्दो बजारमा आज अजोड इन्स्योरेन्सका सेयरधनीले सर्वाधिक ७.३७ प्रतिशत गुमाएका छन् । त्यस्तै, ओरेन्टल होटल ५.३५, युनाइटेड इन्स्योरेन्स ५.१४, लिबर्टी इनर्जी, माउन्टेन हाइड्रो र शिवम सिमेन्टको सेयर मूल्य साढे ४ प्रतिशतभन्दा धेरैले घटेको छ ।

काठमाडौं महानगरले नक्सा सम्बन्धी निवेदन दस्तुर १० गुणाले बढायो Read Previous

काठमाडौं महानगरले नक्सा सम्बन्धी निवेदन दस्तुर १० गुणाले बढायो

बजेट निर्माणमा जुट्यो योजना आयोग, समपूरक र विशेष अनुदान लिन स्थानीय तहसँग प्रस्ताव माग Read Next

बजेट निर्माणमा जुट्यो योजना आयोग, समपूरक र विशेष अनुदान लिन स्थानीय तहसँग प्रस्ताव माग