काठमाडौं । सेयर बजारमा झिनो अंकको सुधार आएको छ । १५ अंकको उतरचढाव आएको बजारमा नेप्से २ अंकले बढेर बन्द भएको हो ।
सूचक झिनो अंकले बढे पनि कारोबार रकम भने उत्साहजनक नै छ । आज डेढ अर्ब बढीको सेयर किनबेच भएको छ ।
आइतबार नेप्से २.१६ अंकले बढेर १९६३.२२ विन्दुमा पुगेको छ । यसदिन २४३ कम्पनीको १ अर्ब ५६ करोड रुपैयाँ बढीको ३६ लाख ९४ हजार ८४ कित्ता सेयर किनबेच भएको छ ।
आज कारोबारमा आएका १३ वटा उपसमूहमध्ये ८ उपसमूहको परिसूचकमा हरियाली छाएको छ भने ५ उपसमूहको घटेको छ । जीवन बीमा समूह सबैभन्दा धेरै १.९८ प्रतिशतले बढेको छ ।
आज नबिल बैंकको सर्वाधिक कारोबार भएको छ । यसको झन्डै झन्डै १९ करोडकोे सेयर किनबेच भएको छ । त्यस्तै, नेष्डो समृद्धि लघुवित्त पौने ९ करोड र फर्स्ट माइक्रोफाइनान्स ७ करोड बढीको कारोबार हुँदै शीर्ष तीनमा रहे ।
बढ्दो बजारमा आज धौलागिरी लघुवित्तको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । यसका सेयरधनीले करिब १० प्रतिशत कमाएका छन् ।
त्यसैगरी, ओरेन्टल होटल ६.५७, खप्तड लघुवित्त ६.०७, युनाइटेड इन्स्योरेन्स र एनएलजी इन्स्योरेन्सको सेयर मूल्य ५ प्रतिशतले बढेको छ ।