एनआइबीएल एस क्यापिटलको अफर : निःशुल्क मेरो सेयर र डिम्याट खाता, साथै सेयर उपहार

काठमाडौं। एनआइबीएल एस क्यापिटलले निःशुल्क डिम्याट खाता र मेरो सेयर युजर लिन सक्ने अफर ल्याएको छ । क्यापिटलले अन्तर्राष्ट्रिय अपांग दिवसको अवसरमा अपांगता भएका व्यक्तिहरुलाई लक्षित गर्दै यस्तो अफर ल्याएको हो ।

यस योजना अन्तर्गत फरक क्षमता भएका व्यक्तिहरुले एनआइबीएल एस क्यापिटलबाट निःशुल्क डिम्याट खाता खोली मेरो सेयरको युजर आइडी पाउने छन् ।

कुनै पनि ग्राहकवर्ग तथा लगानीकर्ताहरु सेयर बजारमा लगानी गर्नबाट बञ्चित नहुन भन्ने उद्देश्यले यो योजना ल्याइएको क्यापिटलले जनाएको छ ।

क्यापिटलका अनुसार यस योजना मंसिर १६ देखि १८ गतेसम्म मात्र लागू हुनेछ । यस योजना अवधिभर खाता खोल्ने ग्राहक मध्ये गोलाप्रथाबाट ५ जनालाई एनआइबीएल सहभागिता फण्डको १०० इकाई उपहार समेत प्रदान गरिने क्यापिटलले जनाएको छ।

गाडी आयात खुलाउन माग गर्दै अटो व्यवसायीद्धारा आन्दोलन घोषणा Read Previous

गाडी आयात खुलाउन माग गर्दै अटो व्यवसायीद्धारा आन्दोलन घोषणा

मुद्रास्फीति १२ प्रतिशतको हाराहारीमा पुग्ने राष्ट्र बैंकको सर्वेक्षण Read Next

मुद्रास्फीति १२ प्रतिशतको हाराहारीमा पुग्ने राष्ट्र बैंकको सर्वेक्षण