भारतबाट घटेर आयो डिजेल र पेट्रोलको भाउ

काठमाडौं । भारतबाट डिजेल र पेट्रोलको मूल्य घटेर आएको छ । भारतीय आयल कर्पोरेसन (आइओसी) ले नेपाल आयल निगमलाई मंसिर १५ गते (डिसेम्बर १ )मा पठाएको नयाँ मूल्यसूची अनुसार भाउ घटेर आएको हो ।

नयाँ मूल्यसूची अनुसार पेट्रोल प्रतिलिटर २ रुपैयाँ ३८ पैसा र डिजेल ११ रुपैयाँ २६ भाउ घटेर आएको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा लगातार गिरावट आएसँगै आइओसीले नेपालमा पनि भाउ घटाएर पठाएको हो ।

नयाँ मूल्यसूची अनुसार निगमलाई पेट्रोलमा प्रतिलिटर १३ रुपैयाँ, डिजेलमा ५३ पैसा नाफा रहेको छ ।अहिले बजारमा पेट्रोलको प्रतिलिटर मूल्य १८१ र डिजेलको १७२ रुपैयाँ छ ।

निगमका अनुसार खाना पकाउने ग्यासको मूल्य भने प्रतिसिलिण्डर ४५ रुपैयाँ बढेर आएको छ । ग्यासमा प्रतिसिलिन्डर २७७ रुपैयाँ घाटा रहेको निगमले जनाएको छ ।

आइओसीले हरेक १५र१५ दिनमा निगमलाई नयाँ मूल्य सूची पठाउने गरेको छ ।

रूसको ३०० अर्ब यूरो सम्पत्ति जफत गर्ने ईयूको प्रस्ताव Read Previous

रूसको ३०० अर्ब यूरो सम्पत्ति जफत गर्ने ईयूको प्रस्ताव

बिग्रिँदै नेपालको माटो, खेतीयोग्य जमिनको ५० प्रतिशत माटो अम्लिय Read Next

बिग्रिँदै नेपालको माटो, खेतीयोग्य जमिनको ५० प्रतिशत माटो अम्लिय