थप दुई इन्स्योरेन्सको सेयर कारोबार फुकुवा

काठमाडौं । मर्जर प्रक्रियामा रहेका थप दुई बीमा कम्पनीको सेयर कारोबार फुकुवा भएको छ ।

कारोबार फुकुवाका लागि आवेदन दिएसँगै नेपाल स्टक एक्स्चेन्ज (नेप्से)ले प्रभु इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्सको साधरण सेयर कारोबार फुकुवा गरेको हो ।

नेपाल धितोपत्र बोर्डले गत महिना जारी गरेको ‘धितोपत्र दर्ता गराएका संगठित संस्था एकआपसमा गाभ्ने/गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका, २०७९’ बमोजिम दुवै कम्पनीको सेयर कारोबार फुकुवा भएको हो । यस निर्देशिका अनुसार मर्जर तथा प्राप्तिमा जाने कम्पनीहरुको सेयर कारोबार बढीमा १५ दिन मात्र रोक्का हुने व्यवस्था छ ।

कारोबार फुकुवा भएसँगै आइतबारदेखि दुवै कम्पनीको साधरण सेयर कारोबारमा आउने छ । संस्थापक सेयर कारोबार भने रोक्का नै रहने छ ।

प्रभु हाल अजोड इन्स्योरेन्स र प्रिमियर सिद्धार्थ इन्स्योरेन्ससँग मर्जर प्रक्रियामा रहेको छ ।

 

लक्ष्यको आधा पनि प्राप्त भएन वैदेशिक अनुदान, यस्तो छ ६ वर्षको अवस्था Read Previous

लक्ष्यको आधा पनि प्राप्त भएन वैदेशिक अनुदान, यस्तो छ ६ वर्षको अवस्था

बैंकहरू अब अन्धाधुन्ध लगानीमा जाँदैनन्  : एनएमबी बैंकका सीईओ केसीकाे विचार  Read Next

बैंकहरू अब अन्धाधुन्ध लगानीमा जाँदैनन् : एनएमबी बैंकका सीईओ केसीकाे विचार