काठमाडौं । आदर्श लघुवित्त वित्तीय संस्थाको साधरण सेयर कारोबार फुकुवा भएको छ । लघुवित्तले मंसिर ११ गते सेयर कारोबार फुकुवा गर्न निवेदन दिएसँगै नेपाल स्टक एक्स्चेन्ज (नेप्से)ले कारोबार फुकुवा गरेको हो ।
नेपाल धितोपत्र बोर्डले गत महिनादेखि मर्जर प्रक्रियामा रहेका कम्पनीहरुको सेयर कारोबार बढीमा १५ दिन मात्रै रोक्का हुने व्यवस्था कार्यन्वयनमा ल्याएको छ । सोही अनुसार नेप्सेले लघुवित्तको सेयर कारोबार फुकुवा गरेको हो ।
फुकुवा भएसँगै बिहीबारदेखि लघुवित्तको साधरण सेयर दोस्रो बजारमा कारोबारमा आउने छ । संस्थापक सेयर भने कारोबार रोक्का नै कायम रहने छ ।
आदर्श लघुवित्त हाल डिप्रोक्स लघुवित्तसँग गाभिने प्रक्रियामा रहेको छ ।