नेपाल एसबीआइ बैंकको लाभांश घोषणा, अघिल्लो वर्षकोभन्दा दोब्बर

काठमाडौं । नेपाल एसबीआइ बैंकले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफबाट लाभांश घोषणा गरेको छ ।

बैंक संचालक समितिको मंसिर १२ गते बसेको बैठकले सेयरधनीलाई ३ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ७.५३ प्रतिशत नगद गरी कुल १०.५३ प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।

बैंकले घोषणा गरेको यो लाभांश् अघिल्लो आर्थिक वर्ष २०७७/७८ को भन्दा दोब्बर बढी हो । सो आवमा बैंकले ५.३१ प्रतिशत लाभांश दिएको थियो ।

प्रस्तावित लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी साधरण सभाबाट पारित भएपछि सेयरधनीले पाउने छन् ।

घडेरी बेच्न खेती योग्य जमिनलाई गैरकृषि योग्य घोषणा Read Previous

घडेरी बेच्न खेती योग्य जमिनलाई गैरकृषि योग्य घोषणा

मौद्रिक नीतिको त्रैमासिक समीक्षाले वित्तीय स्थायित्व कायम गर्न सक्दैन : चेम्बर Read Next

मौद्रिक नीतिको त्रैमासिक समीक्षाले वित्तीय स्थायित्व कायम गर्न सक्दैन : चेम्बर