
काठमाडौं । एभरेष्ट बैंकको सेयरमूल्य समायोजन भएको छ । कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बुकक्लोज गरेसँगै नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले सेयर मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।
कम्पनीले आव २०७८/७९ को नाफाबाट वितरण गर्ने १३ प्रतिशत बोनसपछि मूल्य समायोजन भएको हो । नेप्सेका अनुसार समायोजनपछि कम्पनीको नयाँ सेयरमूल्य ४७७.७९ रुपैयाँ कायम भएको छ ।यही समायोजित मूल्यका आधारमा अब दोस्रो बजारमा कम्पनीको सेयर कारोबार खुल्नेछ।
बैंकले आव २०७८/८९ को मुनाफाबाट १३ प्रतिशत बोनस सेयर र ७.६८ प्रतिशत नगद गरी कुल २०.६८ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ ।
प्रस्तावित लाभांश पारित गर्न बैंकले मंसिर २६ गते वार्षिक साधारण सभा बोलाएको छ ।