काठमाडौं । प्रभु बैंकसँग एक्वीजिसन प्रक्रियामा रहेको सेञ्चुरी कमर्शियल बैंकको सेयर कारोबार फुकुवा भएको छ ।
बैंकले आइतबार सेयर कारोबार फुकुवा गर्न नेप्सेमा निवेदन दिएसँगै कारोबार फुकुवा भएको हो ।
नेपाल धितोपत्र बोर्डले मर्जर प्रक्रियामा रहेका कम्पनीको सेयर बढीमा १५ दिन मात्रै रोक्का हुने व्यवस्था गरेसँगै मर्जर प्रक्रियामा रहेको सेञ्चुरी बैंकको पनि सेयर कारोबार फुकुवा भएको हो ।
संस्थापक सेयर भने कारोबार रोक्का नै कायम रहने छ । सोमबारदेखि बैंकको साधरण सेयर दोस्रो बजारमा कारोबारमा आउने छ ।
सेञ्चुरी हाल प्रभु बैंकसँग गाभिने प्रक्रियामा रहेको छ । दुई बैंक बीच गत साउन १५ गते मर्जर सम्बन्धी प्रारम्भिक सम्झौता भएको थियो ।