काठमाडौं । नबिल बैंकको १ लाख कित्ता संस्थापक (प्रमोटर) सेयर विक्री खुला भएको छ । बैंकका विद्यमान संस्थापक सेयरधनीको नाममा रहेको उक्त सेयर आजदेखि विक्रीम आएको हो ।
उक्त संस्थापक सेयर विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै आवेदन दिन पाउने छन् । विद्यमान संस्थापक सेयरधनीले उक्त सेयर नकिने दोस्रो चरणमा आम सर्वसाधारणका लागि खुला गरिने छ ।
बैंकले संस्थापक सेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक सेयरधनीहरुलाई ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय तिनधारा, विणामार्ग, काठमाडौं स्थित कार्यालयमा आवेदन दिनुपर्नेछ ।