बैंक अफ काठमाण्डूको सेयर मूल्य समायोजन, अब कतिमा खुल्छ कारोबार ?

काठमाडौं । बैंक अफ काठमाण्डूको सेयरमूल्य समायोजन भएको छ । कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बुकक्लोज गरेसँगै नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले सेयर मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।

कम्पनीले आव २०७८/७९ को नाफाबाट वितरण गर्ने ६ प्रतिशत बोनसपछि मूल्य समायोजन भएको हो । नेप्सेका अनुसार समायोजनपछि कम्पनीको नयाँ सेयरमूल्य २१४.२५ रुपैयाँ कायम भएको छ ।

यही समायोजित मूल्यका आधारमा अब दोस्रो बजारमा कम्पनीको सेयर कारोबार खुल्नेछ।

बैंकले आव २०७८/८९ को मुनाफाबाट ६ प्रतिशत बोनस सेयर र १४.९५ प्रतिशत नगद गरी कुल २०.९५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

प्रस्तावित लाभांश पारित गर्न बैंकले मंसिर २३ गते वार्षिक साधारण सभा बोलाएको छ । बैंक अफ काठमाण्डू हाल ग्लोबल आइएमई बैंकसँग मर्जर प्रक्रियामा छ ।

 

अर्बपति चौधरी जनताबाट अनुमोदित भएर संसदमा, यस्तो छ यात्रा Read Previous

अर्बपति चौधरी जनताबाट अनुमोदित भएर संसदमा, यस्तो छ यात्रा

कर्णाली करिडोरको अझै ८.५ किमी ट्रयाक खोल्न बाँकी, कालोपत्र गर्न डीपीआर हुँदै Read Next

कर्णाली करिडोरको अझै ८.५ किमी ट्रयाक खोल्न बाँकी, कालोपत्र गर्न डीपीआर हुँदै