पाँचतारे होटलमा २ हजारमै ड्रिङ्क्ससहित फुटबल हेर्ने अफर

काठमाडौं । पाँचतारे होटल एभरेष्टले विश्वकप फुटबललाई लक्षित गर्दै आकर्षक योजना ल्याएको छ ।

हाल कतारमा आयोजना भइरहेको विश्वकप ठूलो पर्दामा हेर्न चाहने दर्शकलाई लक्षित गर्दै होटलले ड्रिङ्क्स सहितको अफर ल्याएको हो ।

होटलले २ हजार रुपैयाँमै फूड एण्ड बेभरेज योजना ल्याएको छ । होटलका अनुसार न्यूनतम १ हजार ९९९ रुपैयाँ (भ्याट बाहेक)मा स्न्याक्ससहित ३ वटा बडभाइजर बियर दिने भएको हो ।

त्यसैगरी, २ हजार ९९९ रुपैयाँमा ६ वटा बियर र ५ हजार ४९९ रुपैयाँमा १२ वटा बियर दिने होटलले जनाएको छ ।

बुगल्स एण्ड गिगर गोर्खा बारमा यो योजना लागू हुने होटलले जनाएको छ।

आफ्नो मुद्रा कमजोर भएपछि अफगानिस्तानले १.७० करोड डलर लिलाम गर्ने Read Previous

आफ्नो मुद्रा कमजोर भएपछि अफगानिस्तानले १.७० करोड डलर लिलाम गर्ने

निर्वाचन अपडेट : कुन दलले कति सिट जिते ? Read Next

निर्वाचन अपडेट : कुन दलले कति सिट जिते ?