Advertisement Section

नेप्सेमा दोहोरो अंकको कमब्याक, यी हुन् धेरै मूल्य बढ्ने कम्पनी

Advertisement Section

काठमाडौं । सेयर बजारले कमब्याक गरेको छ । अघिल्ला दुई दिन लगातार ओरालो लागेर १५ अंक्ले घटेको नेप्से आज दोहोरो अंकले कमब्याक गरेको हो ।

सूचकमासुधार आए पनि आवज कारोबार रकममा भने गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम १० करोडले घटेर ९२ करोडमा सीमित भएको छ ।

बिहीबार नेप्से ११.५६ अंकले बढेर १९३३.५५ विन्दुमा पुगेको छ । यसदिन २३२ कम्पनीको ९२ करोड ५१ लाख रुपैयाँ बढीको २५ लाख ६९ हजार २२९ कित्ता सेयर किनबेच भएको छ ।

आज कारोबारमा आएका १३ वटा उपसमूहमध्ये निर्जीवन बीमा बाहेक अरु सबै उपसमूहको परिसूचकमा हरियाली छाएको छ ।
अन्य समूह सबैभन्दा धेरै समान १.६९ प्रतिशतले बढको छ ।

आज साइन रेसुंगा डेभलपमेन्ट बैंकको सर्वाधिक कारोबार भएको छ । यसको साढे ७ करोड रुपैयाँ बढीकोे सेयर किनबेच भएको छ । त्यस्तै, हिमालयन डिस्ट्रीलरी पौने ७ करोड र एनआइसी एशिया बैंक पौने ३ करोड बढीको कारोबार हुँदै शीर्ष तीनमा रहे ।

बढ्दो बजारमा आज घलेम्दी हाइड्रोपावरको सेयर मूल्य सबैभन्दा धेरै ६.८३ प्रतिशतले बढेको छ । त्यस्तै, आरएमडीसी लघुवित्त ६, साइन रेसुंगा ४.८९, साना किसान लघुवित्त ४.८१, सिनर्जी पावरको सेयर मूल्य ४.६५ प्रतिशतले बढेको छ ।

पूँजी वृद्धिको चपेटामा बीमा कम्पनी, यी १ दर्जनलाई सकस Read Previous

पूँजी वृद्धिको चपेटामा बीमा कम्पनी, यी १ दर्जनलाई सकस

आफ्नो मुद्रा कमजोर भएपछि अफगानिस्तानले १.७० करोड डलर लिलाम गर्ने Read Next

आफ्नो मुद्रा कमजोर भएपछि अफगानिस्तानले १.७० करोड डलर लिलाम गर्ने