काठमाडौं । नेपाल विद्युत प्राधिकरणले अधिकृत तहदेखि सहायक स्तर पदमा ६५१ जना कर्मचारी माग गरेको छ । जसमा १११ अधिकृत स्तरमा र ५४० जना सहायक स्तरको कर्मचारी भर्नाको लागि आवेदन माग गरेको हो ।
प्राधिकरणले १०औं तहको प्रवन्धक पदका लागि सिभिल र इलेक्ट्रिक समुहमा एक/एक जनाको लागि दरखास्त आह्वान गरेको छ । उक्त पदमा काम गर्न नेपाल सरकार मातहतको कार्यलयमा न्युनतम ७ वर्ष काम गरेको हुनु पर्ने जनाइएको छ ।
प्राधिकरणले सबैभन्दा धेरै मिटर रिडर पदमा दरखास्त माग गरेको छ । यस पटक प्रधिकरणले क्षेत्रिय स्तरका कार्यालयको नाम नै तोकेरै कर्मचारी माग गरेको छ ।
विज्ञापनमा उल्लेख भएअनुसार योग्यता पुगेका इन्छुक नेपाली नागरिकले साउन २ गतेसम्म आवेदन दिन सक्ने छन् । दोब्बर दोस्तुर तिरेर भने साउन ९ गतेसम्म आवदेन दिन सकिने प्राधिकरणले जनाएको छ ।
उल्लेखित सम्पुर्ण पदको परिक्षा लोकसेवा आयोगले लिनेछ । अधिकृत स्तरका पदको लागि १२०० रुपैयाँदेखि दुई हजार रुपैयाँसम्म दस्तुर लाग्नेछ भने सहायक स्तरका पदमा तीन सय रुपैयाँदेखि ८०० रुपैयाँ सम्म लाग्नेछ ।
प्राधिकरणले खुला पदपुर्ती सँगै आन्तरिक बढुवका लागि पनि विज्ञापन खुला गरेको छ ।