काठमाडौं । मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको अहिले मतगणना जारी छ ।
निर्वाचन आयोगका अनुसार आज मध्याह्न १ बजेसम्म कुल १६५ निर्वाचन क्षेत्रमध्ये १४३ स्थानको मतगणना जारी छ भने ६ स्थानको नतिजा आइसकेको छ ।नतिजा घोषणा भएक ६ मध्ये ४ स्थानमा नेपाली कांग्रेस र १/१ स्थानमा नेकपा एमाले र नागरिक उन्मुक्ति पार्टीले विजयी हासिल गरेका छन् ।
मतगणना जारी रहेका स्थानमध्ये ४३ नेपाली कांग्रेस, ४३ नेकपा एमाले, १४ माओवादी केन्द्र, १२ राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा ७ र अन्य दलले २५ स्थानमा अग्रता लिएका छन् ।
माओवादीले उम्मेदवारी दिएका ४५ स्थानमध्ये जम्मा १४ स्थानमा मात्र अग्रता लिएको छ ।
कुन नेताले कहाँ लिए अग्रता ?
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले गोरखा–२ मा तेब्बर बढी मतले अघि छन् । दाहालले ५,९८० मत पाउँदा उनका निकटम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका कविन्द्र बुर्लाकोटीले १,६८२ मत पाएका छन् ।
जनार्दन शर्मा रुकुम पश्चिममा अगाडि छन् । उनले ३५९ मत पाउँदा एमालेका नन्दराम सापकोटाले २४९ मत पाएका छन् ।
भोजपुरमा सुदन किराँतीले २७१८ मत पाएका छन् । उनी ६६५ मतले खघि छन् । उनर्ला पछ्याइरहेका एकालेका शेरधन राइले २०५३ मत पाएका छन् ।
मोरङ ४ मा अमन लाल मोदी २२०० बढी मतले अघि छन् । मोदीले ७१९९ मत पाउँदा एमालेका विनोद प्रसाद ढकालले ४९६७ मत पाएका छन् ।
सुनसरी १ मा मुक्सामहाङ्ग सुब्बा १०० मतले अगिाडि छन् । उनले १२२२ मत पाउँदा जनता समाजवादी पार्टीका अशोककुमार राइले ११२२ मत पाएका छन् ।
खोटाङमा रामकुमार राई करिब ४०० मतले अघि छन् । उनले ३००१ मत पाउँदा एमालेका विशाल भट्टराईले २५९२ मत पाएका छन् ।
सर्लाही २ मा महिन्द्र राय यादव करिब ५०० मतले अग्रता लिएका छन् । उनले २८२५ मत पाउँदा लोकतान्त्रिक समाजवादीका राजेन्द्र महत्तोले १३३१ मत ल्याएका छन् ।
काभ्रेपलाञ्चोक १ मा सूर्यमान तामाङ (दोङ) करिब २०० मतले अघि छन् । उनले १०११ मत ल्याउँदा निकटतम प्रतिस्पर्धी एमालेका रेशम लामाले ८१७ मत पाएका छन् ।
बाग्लुङ २ मा देवेन्द्र पौडेल करिब १५०० मतले अगाडि छन् । उनले ७०२५ मत पाउँदा एमालेकी मञ्जु शर्माले ५६२९ मत ल्याएकी छिन् ।
रुकुम पूर्वमा पूर्ण बहादुर घर्तिमगरले दोब्बर बढी मतले अग्रता लिएका छन् । घर्तिमगरले २४०४ मत पाउँदा उनलाई पछ्याइरहेका एमालेका कैलाशकुमार मल्लले ९३५ मत ल्याएका छन् ।
रोल्पामा वर्षमान पुनले निकटतम प्रतिस्पर्धीलाई ४ हजार बढी मतले पछि पारेका छन् । पुनले ६७६८ मत पाउँदा एमालेका पूर्ण बुढामगरले २६०१ मत पाएका छन् ।
दाङ २ मा रेखा शर्माले एमालेका महासचिव शंकर पोखरेललाई करिब १६०० मतले पछि पारेकी छिन् । शर्माले ७५२५ मत पाउँदा पोखरेलले ५९४२ मत ल्याएका छन् ।
जाजरकोटमा शक्तिबहादुर बस्नेतले ४२५२ मत ल्याउँदा एमालेका निरजप्रसाद आचार्यले २७९० मत ल्याएका छन् ।