१३५ क्षेत्रको मतगणना जारी : ४२ स्थानमा कांग्रेस अघि, अरु दल कति ?

काठमाडौं । आइतबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतगणना जारी छ । निर्वाचन आयोगका अनुसार आज मध्याह्न १२ः१५ बजेसम्म कूल १६५ निर्वाचन क्षेत्रमध्ये १३५ स्थानको मतगणना जारी छ ।

अहिलेसम्म नेपाली कांग्रेसका ४ उम्मेदवार विजयी भइसकेका छन् । काठमाडौँ निर्वाचन क्षेत्र नं १ मा प्रकाशमान सिंह, क्षेत्र नं. ४ मा गगनकुमार थापा, मनाङ निर्वाचन क्षेत्र नं १ मा टेकबहादुर गुरुङ र मुस्ताङ निर्वाचन क्षेत्र नं १ मा योगेश गौचन थकाली विजयी भएका छन् ।

जारी मतगणनामा नेपाली कांग्रेस ४२ स्थानमा अगाडि छ । नेकपा (एमाले)३८, नेकपा (माओवादी केन्द्र) १४, राष्ट्रिय स्वतन्त्र पार्टी ११, राष्ट्रिय प्रजातन्त्र पार्टी पाँच र अन्य दल तथा उम्मेदवार २२ स्थानमा अग्रस्थानमा छन् ।

समानुपातिकतर्फ एमाले अगाडि

समानुपातिकतर्फको मगणनामा एमाले अगाडि छ । हालसम्म एमालेले ७६ हजार ३२३, कांग्रेसले ६५ हजार ५९२, राष्ट्रिय स्वतन्त्र पार्टीले ३३ हजार ३३७, माओवादी केन्द्रले २९ हजार ६५१ र राष्ट्रिय प्रजातन्त्र पार्टीले १९ हजार ४४ मत प्राप्त गरेका छन् ।

जनता समाजवादी पार्टीले ५ हजार ८३३, जनमत पार्टीले ५ हजार ४५५, नेपाल मजदुर किसान पार्टीले ४ हजार ४३८, नागरिक उन्मुक्ति पार्टीले ३ हजार ५३८, नेकपा (एकीकृत समाजवादी)ले ३ हजार ४६० मत प्राप्त गरेका छन् ।

कुमारी र एनसीसी बैंकको स्वाप रेसियो टुंगियो Read Previous

कुमारी र एनसीसी बैंकको स्वाप रेसियो टुंगियो

माओवादीको १४ ठाउँमा मात्रै अग्रता, कुन नेता कति मतले ? Read Next

माओवादीको १४ ठाउँमा मात्रै अग्रता, कुन नेता कति मतले ?