काठमाडौं । मर्जर प्रक्रियामा रहेका दुई बैंकको सेयर कारोबार फुकुवा भएको छ । नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकको सेयर साधरण सेयर कारोबार फुकुवा भएको हो ।
नेपाल धितोपत्र बोर्डले मर्जर प्रक्रियामा रहेका कम्पनीको सेयर बढीमा १५ दिन मात्रै रोक्का हुने व्यवस्था गरेसँगै मर्जर प्रक्रियामा रहेका यी दुई बैंकको सेयर कारोबार फुकुवा भएको हो ।
संस्थापक सेयर भने कारोबार रोक्का नै कायम रहने छ । दुवै बैंकले सेयर कारोबार फुकुवा गर्न सम्बन्धित निकायहरुलाई जानकारी गराएका छन् ।
सेयर कारोबार फुकुवा भएसँगै आगामी मंगलबारदेखि दुवै बैंककाे सेयर कारोबारमा आउने छ । हाल इन्भेष्टमेन्ट र मेगा बैंक मर्जर प्रक्रियामा रहेका छन् ।
दुई बैंकले गत जेठ २७ गते मर्जर सम्बन्धी प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर गरेका थिए ।