काठमाडौं । प्रिमियर इन्स्योरेन्सले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफबाट लाभांश घोषणा गरेको छ ।
इन्स्यारेन्स संचालक समितिको कात्तिक ३० गते बसेको बैठकले सेयरधनीलाई ५ प्रतिशत बोनस सेयर र करप्रयोजन सहित १० प्रतिशत नगद गरी कुल १५ प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।
प्रस्तावित लाभांश नियामक निकाय नेपाल बीमा प्राधिकरणको स्वीकृति र इन्स्योरेन्स आगामी साधरण सभाबाट पारित भएपछि सेयरधनीले पाउने छन् ।