काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)को लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।
कम्पनीले साधरण सभा प्रयोजनका लागि भोलि (मंसिर १ गते) बुकक्लोज तोकेको छ । सो अनुसार आजसम्म कायम रहने सेयरधनी मात्र कम्पनीको लाभांश पाउने छन् ।
कम्पनीले आर्थिक वर्ष गत २०७८/७९ को मुनाफाबाट कर प्रयोजनसहित ४.२१०५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ ।
बैंकले मंसिर १० गते चौथो वार्षिक साधारण सभा बोलाएको हो । बैंकको सभा अनुपम फूडल्याण्ड एण्ड ब्याङ्क्वेट, बत्तीसपुतली, काठमाडौँमा बिहान ९ बजेदेखि सुरु हुनेछ।
कम्पनीको साधरण सभाले पारित गरेपछि सेयरधनीले उक्त लाभांश पाउने छन् ।