चुनावका लागि २० अर्ब बजेटको स्रोत सुनिश्चित

काठमाडौं । सरकारले आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभाको चुनावका लागि २० अर्ब रुपैयाँ स्रोत सुनिश्चित गरेको छ । अर्थ मन्त्रालयले चुनावका लागि २० अर्ब ४ करोड ८३ लाख रुपैयाँ स्रोत सुनिश्चित भएको जानकारी गराएको हो ।

यस पटक चुनाव खर्च ४ गुणाले बढेको छ । गत वैशाखमा भएको स्थानीय तह निर्वाचनमा ५ अर्ब ४ करोड रुपैयाँ खर्च गरेको आयोगले यस पटक २० अर्ब ४ करोड ८३ लाख रुपैयाँ खर्च गर्न लागेको हो ।

सुरक्षा निकायको लागि स्थानीय तहको निर्वाचन भन्दा यस पटक बढी रकम खर्च गर्न लागेका छन् । निर्वाचनको सुरक्षाका लागि १० अर्ब ४ करोड ८३ लाख रुपैयाँ बजेट छुट्याइएको छ ।

निर्वाचन सुरक्षातर्फ गृहमन्त्रालयरजिल्ला प्रशासन कार्यालयहरु, इलाका प्रहरी कार्यालय, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलमार्फत सो खर्च हुनेछ ।निर्वाचन सुरक्षाका लागि भन्दै गृह मन्त्रालय मार्फत नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई ९ अर्ब १ करोड रुपैयाँ, रक्षा मन्त्रालय मार्फत नेपाली सेनालाई ९७ करोड ७३ लाख रुपैयाँ र प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय मार्फत राष्ट्रिय अनुसन्धान विभागलाई ५ करोड ७३ लाख रुपैयाँ खर्च गर्ने सहमति दिइएको छ ।

सुरक्षा निकायले स्थानीय तह निर्वाचनमा ६ अर्ब ७८ करोड रुपैयाँ खर्च गरेका थिए ।सरकारले प्रतिनिधी र प्रदेश सभाको निर्वाचन सम्पन्न गर्न प्रति मतदाता १ हजार ११४ रुपैयाँ गर्ने गरी निर्वाचन आयोग र सुरक्षा निकायलाई स्रोत सुनिश्चितता प्रदान गरेको हो ।

स्थानीय तह निर्वाचनमा भने प्रतिमतदाता ६६६.५२ रुपैयाँ खर्च भएको थियो । प्रतिनिधी र प्रदेश सभा निर्वाचनमा १ करोड ७९ लाख ८८ हजार ५७० मतदाताले मतदान गर्ने लागेका छन् । स्थानीय तह निर्वाचनमा १ करोड ७७ लाख ३३ हजार ७२३ मतदाता रहेका थिए ।

चुनाव प्रचार डलरमा :  नेताले गरे ६७ हजार डलर खर्च, कसले कति ? Read Previous

चुनाव प्रचार डलरमा : नेताले गरे ६७ हजार डलर खर्च, कसले कति ?

निर्वाचनका लागि दुई दिन सार्वजनिक बिदा दिने घोषणा Read Next

निर्वाचनका लागि दुई दिन सार्वजनिक बिदा दिने घोषणा