निर्वाचनका लागि दुई दिन सार्वजनिक बिदा दिने घोषणा

काठमाडौं । सरकारले आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभाको चुनावका लागि दुई दिन सार्वजनिक बिदा दिने भएको छ ।

निर्वाचनका लागि सरकारले मंसिर ४ र ५ गते सार्वजनिक बिदा दिने भएको हो । गृहमन्त्रालयका अनुसार शिक्षण संस्थाहरु मंसिर २ गतेदेखि ५ गतेसम्म बन्द हुने छन् ।

गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलका अनुसार सरकारी कार्यालय र सार्वजनिक संस्थानहरु ४ र ५ गते तथा मतदानस्थल रहेका शिक्षण संस्थाहरु २ गतेदेखि ५ गतेसम्म बन्द हुने छन् ।

 

चुनावका लागि २० अर्ब बजेटको स्रोत सुनिश्चित Read Previous

चुनावका लागि २० अर्ब बजेटको स्रोत सुनिश्चित

मंसिरमा बैंककाे ब्याजदर नबढ्ने Read Next

मंसिरमा बैंककाे ब्याजदर नबढ्ने