नेप्सेको पुरानो वेबसाइटमा बन्द हुने, अब नयाँ साइट पूर्णरूपमा संचालनमा आउने

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्स)को पुरानो वेबसाइट बन्द हुने भएको छ । नेप्सेले आगामी आइतबारदेखि नयाँ वेबसाइट पूर्णरुपमा संचालनमा ल्याउने भएसँगै पुरानो वेबसाइट बन्द हुने भएको हो ।

नेप्से सूचना जारी गर्दै नेप्सेको पुरानो वेबसाइटमा अब कुनै पनि तथ्यांकहरू अद्यावधिक नहुने जनाएको छ । हालसम्म परीक्षणका रूपमा सञ्चालन गरिँदै आएको नेप्सेको नयाँ वेबसाइट आइतबारबाट संचालनमा आउन लागेको हो ।

नेप्सेले नयाँ वेबसाइट संचालनमा ल्याउने भएकाले २५ गतेभित्र सूचीकृत कम्पनीहरुलाई नट्सको लगइन तथा यूजर आइडी लिन अनिवार्य रुपमा लिन पनि आह्वान गरेको थियो ।

योसँगै पुरानो वेबसाइट अन्तर्गतमा सम्पूर्ण लगइन र यूजर आइडी खारेज हुने भएका छन् । तसर्थ, तोकिएको समयभित्र सूचीकृत कम्पनीहरुले सूचना तथा विवरणहरु सम्प्रेषण गर्न नसके प्रचलित प्रावधान अनुसार हुने सूचनामा उल्लेख गरिएको छ ।

नेप्सेमा ङादी ग्रुप पावरको हकप्रद सेयर सूचीकृत Read Previous

नेप्सेमा ङादी ग्रुप पावरको हकप्रद सेयर सूचीकृत

सिजनमै छैन सिमेन्टको माग : अधिकांश उद्योगले गरे उत्पादन कटौती, १ दर्जन उद्योग बन्द Read Next

सिजनमै छैन सिमेन्टको माग : अधिकांश उद्योगले गरे उत्पादन कटौती, १ दर्जन उद्योग बन्द