धानको समर्थन मूल्य बढ्यो, प्रतिक्वीन्टल कति ?

काठमाडौं । सरकारले आर्थिक वर्ष २०७९/८० का लागि धानको समर्थन मूल्य तोकेको छ । कात्तिक १६ गते बसेको मन्त्रिपरिषद् बैठकले गत वर्षको तुलनामा भाउ बढाएर धानको समर्थन मूल्य तोकेको हो ।

कृषि तथा पशुपन्छी मन्त्रालयका अनुसार मोटा धानको समर्थन मूल्य प्रतिक्वीन्टल २९६७ रुपैयाँ र मध्यम धान प्रतिक्वीन्टल ३१२८ रुपैयाँ तोकिएको छ ।

गत वर्षको तुलनामा मोटा धानको मूल्य प्रतिक्वीन्टल २१५ रुपैयाँ र मध्यम धानको २२६ रुपैयाँ बढेको छ । सरकारले गत आर्थिक वर्ष २०७८/७९ मा मोटा धानको मूल्य प्रतिक्वीन्टल २७५२ रुपैयाँ र मध्यम धानको २९०२ रुपैयाँ तोकेको थियो

सरकारले तोकेको मूल्यअनुसार खाद्य व्यवस्था तथा व्यापार कम्पनीले विभिन्न जिल्लामा धान खरिद गर्ने गरेको छ । न्यूनतम समर्थन मूल्यमा कृषि सहकारीमार्फत धान खरिद गर्न सरकारले ३३ करोड बजेट समेत छुट्याएको छ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत कृषि सहकारीका लागि तोकिएको न्यूनतम समर्थन मूल्यमा धान खरिदका लागि छुट्टै सूचना जारी गरिने मन्त्रालयले जनाएको छ ।

आगामी ५ वर्षमा १० हजार मेगावाट विद्युत् उत्पादन सम्भव छ ? Read Previous

आगामी ५ वर्षमा १० हजार मेगावाट विद्युत् उत्पादन सम्भव छ ?

काठमाडौंमा फेरि कहिले आउँछ मेलम्चीको पानी ? Read Next

काठमाडौंमा फेरि कहिले आउँछ मेलम्चीको पानी ?