सेयर बजारमा पहिरो, यी हुन् धेरै मूल्य घट्ने १० कम्पनी

काठमाडौं । सेयर बजारमा पहिरो गएको छ । सोमबारदेखि ओरालो लागेको नेप्से आज उच्च अंकले घटेको हो ।

सूचकमा गिरावट आए पनि कारोबार रकममा भने सुधार आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम ३५ करोडले बढेर सवा १ अर्ब नाघेको छ ।

बुधबार नेप्से ३९.१५ अंकले घटेर १९१७.२२ विन्दुमा आइपुगेको छ । यसदिन २२३ कम्पनीको १ अर्ब ४० करोड रुपैयाँ बढीको ३६ लाख ९७ हजार ७२३ कित्ता सेयर किनबेच भएको छ ।

आज कारोबारमा आएका १३ वटै उपसमूहको परिसूचक राताम्मे भएको छ । फाइनान्स समूह ४.७३ प्रतिशतले घटेको छ ।

आज नेष्डो समृद्धि लघुवित्तको सर्वाधिक कारोबार भएको छ । यसको पौने ७ करोड रुपैयाँ बढीकोे सेयर किनबेच भएको छ । त्यस्तै, शिवम् सिमेन्ट ६ करोड र हिमालयन डिस्ट्रीलरी ५ करोड बढीको कारोबार हुँदै शीर्ष तीनमा रहे ।

उच्च अंकले घटेको बजारमा आज एक्सेल डेभलपमेन्ट बैंकका सेयरधनीले सर्वाधिक ७.९५ प्रतिशत गुमाएका छन् । त्यस्तै, गुराँस लघुवित्त, उपकार लघुवित्त, प्रोग्रेसिभ फाइनान्स र सप्तकोशी डेभलपमेन्ट बैंकको सेयर मूल्य ७ प्रतिशतभन्दा धेरैले घटेको छ ।

त्यसैगरी, बेस्ट, फाइनान्स, नेपाल फाइनान्स, हिमालयन पावर र मल्टीपर्पस फाइनान्सको सेयर मूल्य साढे ६ प्रतिशतले घटेको छ ।

३० अर्ब आन्तरिक ऋण उठाउँदै राष्ट्र बैंक Read Previous

३० अर्ब आन्तरिक ऋण उठाउँदै राष्ट्र बैंक

आगामी ५ वर्षमा १० हजार मेगावाट विद्युत् उत्पादन सम्भव छ ? Read Next

आगामी ५ वर्षमा १० हजार मेगावाट विद्युत् उत्पादन सम्भव छ ?