प्रतिकित्ता भाउ ३५०० रुपैयाँ भएको कम्पनीको प्रतिसेयर आम्दानी ६ रुपैयाँ !

काठमाडौं । उपकार लघुवित्त वित्तीय संस्थाको खुद नाफामा झिनो सुधार आएको छ । लघुवित्तले बुधबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार खुद नाफा ३.८९ प्रतिशतले बढेको छ ।

लघुवित्तले चालु आवको असोज मसान्तसम्ममा ४२ लाख ९६ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको सोही अवधिको तुलनामा १ लाख ६१ हजार रुपैयाँ बढी हो । लघुवित्तले गत वर्षको पहिलो त्रैमासमा ४१ लाख ३५ हजार खुद नाफा कमाएको थियो ।

खुद ब्याज आम्दानी र सञ्चालनमा सधार आएसँगै लघुवित्तको नाफामा झिनो सुधार आएको हो । समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी १५.४९ प्रतिशत बढेर ३ करोड ५५ लाख रुपैयाँ पुगेको छ । त्यस्तै, गत वर्ष ३ करोड ४३ लाख ऋणात्मक रहेको सञ्चालन नाफा चालु वर्षमा ५६ लाख धनात्मक भएको छ ।

समीक्षा अवधिमा लघुवित्तले ८६ करोड ७४ लाख रुपैयाँ सापटी र १ अर्ब ५ करोड निक्षेप संकलन गरी कुल २ अर्ब १८ करोड ९९ लाख रुपैयाँ ऋण लगानी गरेको छ ।

हाल ६ करोड ५६ लाख रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको जगेडा कोषमा १७ करोड ६२ लाख रुपैयाँ संचित छ ।

समीक्षा अवधिमा लघुवित्तको प्रतिसेयर आम्दानी ६.५५ रुपैयाँ, प्रतिसेयर नेटवर्थ ३५८.७ रुपैयाँ, मूल्य आम्दानी अनुपात ४८९.४७ गुणा र खराब कर्जा २.७९ प्रतिशत रहेको छ ।

उपकार नेप्सेमा सूचीकृत लघुवित्त कम्पनीहरुमध्ये दोस्रो धेरै महँगो सेयर मूल्य हुने लघुवित्त हो । बुधबार (१२ बजेसम्म) लघुवित्तको सेयर प्रतिकित्ता ३५०५ रुपैयाँमा कारोबार भइरहेको छ ।

 

एलन मस्कले फेरि बेचे टेस्लाको झन्डै २ करोड कित्ता सेयर Read Previous

एलन मस्कले फेरि बेचे टेस्लाको झन्डै २ करोड कित्ता सेयर

तीव्र गतिमा सवारी चलाए अब १ घण्टा अनिवार्य कक्षा लिनुपर्ने Read Next

तीव्र गतिमा सवारी चलाए अब १ घण्टा अनिवार्य कक्षा लिनुपर्ने