नागढुंगा-नौबिसे सुरुङमार्ग निर्माणले गति लिँदै, सुरुङ खन्ने काम ६७ प्रतिशत सम्पन्न

निर्माणधीन नागढुंगा-नौबिसे सुरुङमार्ग ।

काठमाडौं । राष्ट्रिय गौरव आयोजना नागढुंगा-नौबिसे सुरुङमार्ग निर्माण तीव्र गतिमा अघि बढेको छ । हालसम्म सुरुङ खन्ने काम दुई तिहाई बढी सम्पन्न भएको छ ।

नागढुंगा-नौबिसे सुरुङमार्ग आयोजनाका अनुसार कात्तिक २२ गतेसम्म सुरुङ खन्ने काम ६७.३० प्रतिशत पूरा भएको छ । कुल ५ हजार ४९९ मिटर (क्रस प्यासेजसहित)मध्ये हालसम्म ३ हजार ७०२.८० मिटर सुरुङ खन्ने काम पूरा भएको हो ।

आयोजनका प्रवक्ता रमेश कोइरालाका अनुसार हालसम्म मुख्य सुरुङ अन्तर्गत २ हजार ६८८ मिटर मुख्य मध्ये हालसम्म १ हजार ६४२ मिटर खनिसकिएको छ । आयोजनाको काठमाडौंतर्फ ७९५.६० मिटर र धादिङतर्फ ८४६.४० मिटर मुख्य टनेल खनिएको छ ।

त्यसैगरी, २ हजार ५५७ मिटर आपतकालीन (स्केप टनेल) सुरुङ खन्नुपर्नेम हालसम्म १ हजार ८६० मिटर सुरुङ खनिसकिएको छ । काठमाडौंतर्फ १ हजार मिटर र धादिङतर्फ ८६० मिटर सुरुङ खन्ने काम पूरा भएको उनले जानकारी दिए ।

त्यस्तै, धादिङतर्फ १२६ मिटर वर्किङ अडिट निर्माण भएको छ । हालसम्म ७४.२० मिटर क्रस प्यासेज निर्माण भएको छ । जसमा काठमाडौंतर्फ ३८.१ मिटर र धादिङतर्फ ३६.१मिटर निर्माण गरिएको छ ।

हालसम्म आयोजनाको समग्रमा ४५ प्रतिशत भौतिक प्रगति भएको आयोजनाले जनाएको छ । त्यस्तै, वित्तीयतर्फ ४८.८३ प्रतिशत प्रगति भएको छ ।

आयोजना अन्तर्ग कुल ५ हजार ४९९ मिटर टनेल खन्नु पर्नेमा अझै १ हजार ७९७ मिटर सुरुङ खन्न बाँकी रहेको छ । सुरुङको हरेक ३०० मिटरमा मेन टनेल र स्केप टनेल जोड्ने क्रस प्यासेज बनाइएको छ । सुरुङमार्गभित्र हरेक ३०० मिटरमा ७ वटासम्म क्रस प्यासेज बनाइने छ ।

नेपालकै पहिलो सुरुङमार्गको रुपमा रहेको यस आयोजनाको काठमाडौंतिरको पोर्टल चन्द्रागिरी नगरपालिका–१ को टुटीपाखामा रहेको छ भने धादिङतिरको पोर्टल धुनिबेंसी नगरपालिकाको सिस्नेखोलामा छ । टनेलमा मुख्य दुई वटा लेन हुनेछ । बीचमा थप एउटा सानो साइड लेन छ । सवारी साधन बिग्रिए साइड लगाउन उक्त लेन प्रयोग हुनेछ ।

कोभिडकालमा समेत निरन्तर काम भए पनि आयोजना समयमै सकिनेमा भने आशंका रहेको छ । ठेक्का अवधि आगामी जेठसम्म रहे पनि सो समयभित्रै काम सम्पन्न गर्न मुस्किल रहेको आयोजनाले जनाएको छ ।

नेप्सेमा सूचीकृत ८७ कम्पनी मात्र मार्जिन कारोबारका लागि योग्य (सूचीसहित) Read Previous

नेप्सेमा सूचीकृत ८७ कम्पनी मात्र मार्जिन कारोबारका लागि योग्य (सूचीसहित)

बीमा समिति ‘नेपाल बीमा प्राधिकरण’मा रुपान्तरण Read Next

बीमा समिति ‘नेपाल बीमा प्राधिकरण’मा रुपान्तरण