एसियाली विकास बैंकले ओखर र फलफूलमा लगानी गर्ने, ८ अर्ब सहुलियत ऋण दिने

काठमाडौं । नेपाल र एसियाली विकास बैंकबीच नेपालको पहाडी क्षेत्रमा ओखर र फलफूल प्रजाति खेतीका लागि वित्तीय लगानी गर्ने सम्बन्धमा सहमति भएको छ ।

अर्थ मन्त्रालयमा आज आयोजित समारोहमा अर्थ सचिव कृष्णहरि पुष्कर र नेपालका लागि एसियाली विकास बैंकका देशीय निर्देशक अर्नौड काउक्विइस बीच त्यससम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो ।

सम्झौताअनुसार, बैंकले साधारण पूँजी संशोधनबाट करिब रु ७ अर्ब ७९ करोड सहुलियत ऋण र एसियाली कोषबाट करिब रु १ अर्ब ३० करोड अनुदान व्यहोर्ने छ ।

परियोजनाका लागि बैंकले विश्वव्यापी कृषि तथा खाद्य सुरक्षा कार्यक्रमबाट रु १ अर्ब १७ करोड खर्च र नेपाल सरकारले करिब १ अर्ब ८८ करोड लगानी गर्नेछ ।

उक्त परियोजनाबाट प्रदेश नं १, बाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका करिब ३० हजार घरपरिवार लाभान्वित हुनेछन् । सम्झौता अनुसार, जलवायु सहन सक्ने ओखर र फलफूल प्रजातिका बोटबिरुवा १० हजार हेक्टरमा लगाइनेछ ।

८ वाणिज्य बैंककाे लाभांश घोषणा, बीओकेको सबैभन्दा धेरै, कुनको कति ? Read Previous

८ वाणिज्य बैंककाे लाभांश घोषणा, बीओकेको सबैभन्दा धेरै, कुनको कति ?

नेपालमा लगानी, प्रविधि भित्र्याउन कोरियन प्रतिनिधिमण्डललाई महासंघको आग्रह Read Next

नेपालमा लगानी, प्रविधि भित्र्याउन कोरियन प्रतिनिधिमण्डललाई महासंघको आग्रह