८ वाणिज्य बैंककाे लाभांश घोषणा, बीओकेको सबैभन्दा धेरै, कुनको कति ?

काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से)मा सूचीकृत २५ बैंकमध्ये हालसम्म ८ वाणिज्य बैंकले लाभांश घोषणा गरेका छन् । बैंकहरुले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीलाई लाभांश वितरणको प्रस्ताव गरेका हुन् ।

सेमबार (कात्तिक २१ गतेसम्म) स्ट्यान्डर्ड चार्टर्ड, एभरेष्ट, ग्लोबल आइएमई, सानिमा, एनसीसी, बैंक अफ काठमाण्डू, कुमारी र  सिटिजन्स बैंकले लाभांशको प्रस्ताव गरेका हुन् ।

८ वाणिज्य बैंकमध्ये सबैभन्दा धेरै लाभांश बैंक अफ काठमाण्डूको छ । बैंकले सेयरधनीलाई कुल २०.९५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । त्यसैगरी सबैभन्दा कम सिटिजन्स बैंकले ९ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ ।

बैंकहरुको लाभांश प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा बैंकको वार्षिक साधारणसभाले पारित गरेपछि मात्र सेयरधनीले पाउनेछन् ।

कुन बैंकको कति ?

गत आवको नाफाबाट एभरेष्ट बैंक लिमिटेडले सेयरधनीलाई २०.६८ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ । बैंक सञ्चालक समितिको बैठकले सेयरधनीलाई १३ प्रतिशत बोनस सेयर र ७.६८ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो ।

यस्तै, स्ट्यान्डर्ड चार्टर्ड बैंकले १६.५१ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ भने ग्लोबल आइएमई बैंकले ३ प्रतिशत बोनस सेयर र १०.६ प्रतिशत नगद सेयर गरी कुल १३.६ प्रतिशत प्रस्ताव गरेको छ ।

यस्तैगरी, सानिमा बैंकले १० प्रतिशत बोनस र ०.९८ प्रतिशत नगद सेयर गरी सेयरधनीलाई १०.९८ प्रतिशत, एनसिसी बैंकले ३.३६ प्रतिशत बोनस र ७.६३ प्रतिशत नगद गरी ११ प्रतिशत र बैंक अफ काठमाण्डूले ६  प्रतिशत बोनस सेयर र १४.९५ प्रतिशत नगद सेयर गरी कुल २०.९५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेका छन् ।

कुमारी बैंकले १२.५ प्रतिशत, सिटिजन्स इन्टरनेसनल बैंकले ९ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

लाभांश घोषणा गरेका ९ वाणिज्य बैंकमध्ये एनसीसी, कुमारी र सिटिजन्स बैंकको बुक क्लोज भइसकेको छ । बुक क्लोज गरेका बाहेक अरू बैंकको सेयर किन्दा अझै प्रस्तावित लाभांश पाइन्छ ।

राष्ट्र बैंकले २५ करोड मुद्दती निक्षेपमा राख्ने, यस्ता बैंकले मात्र पाउने Read Previous

राष्ट्र बैंकले २५ करोड मुद्दती निक्षेपमा राख्ने, यस्ता बैंकले मात्र पाउने

एसियाली विकास बैंकले ओखर र फलफूलमा लगानी गर्ने, ८ अर्ब सहुलियत ऋण दिने Read Next

एसियाली विकास बैंकले ओखर र फलफूलमा लगानी गर्ने, ८ अर्ब सहुलियत ऋण दिने