विश्वकपको अवसरमा भायाटीभीको अफर, नयाँ टीभी खरिदमा ५१ प्रतिशतसम्म छुट

काठमाडौं । आगामी महिना कतारमा हुने विश्वकप फूटबललाई लक्षित गर्दै भायाटीभीले आकर्षक अफर ल्याएको छ ।

उक्त अफर अन्तर्गत भायाटीभीका ग्राहकहरुले मात्र रु. ५०० मा फुटबल विश्वकपका सबै खेलहरू लाइभ हेर्नका साथै ३२ देखि ४३ इन्चसम्मका नयाँ हिमस्टार टीभी सेटहरूमा ५१ प्रतिशतसम्म छुट पाउनेछन्।

भायाटीभीका हालका ग्राहकहरूले रु. ५०० मा सबै विश्वकप खेलहरू हिमालय एचडी च्यानलमा प्रत्यक्ष हेर्न सक्नेछन्। यो अफर सेटटप बक्स प्रयोगकर्ताहरूको लागि मात्र मान्य हुनेछ।

यसबाहेक भायाटीभीको ‘ब्रिंग होम द गेम’ अफर अन्तर्गत ग्राहकहरूले रु. १५० प्रति महिना सम्ममा भायाटीभी र रु. ९९९ प्रति महिना सम्ममा २०० एमबीपीएस भायानेट अल्ट्रा(फाई इन्टरनेट पनि पाउन सक्नेछन्।

वार्षिक सदस्यता लिने वा नवीकरण गर्ने दुवै ग्राहकले यसरी इन्टरनेट र टिभी जोडे वापत नयाँ हिमस्टार टीभीमा ५१ प्रतिशतसम्म छुट पाउन सक्नेछन्। यसरी ग्राहकले ३२ इन्चको हिमस्टार एलईडी टीभी मात्र रु. १२ हजार १२३ सम्ममा र ४३ इन्चको स्मार्ट टीभी मात्र रु. २४ हजार ३३५ सम्मको मूल्यमा खरिद गर्न पाउने छन्।

यसका साथै भायाटीभीको आइएसपी पार्टनर भायानेट कम्युनिकेसन्सले पहिलो पटक इन्स्टलेसन गर्दा डुअल ब्यान्ड ओएनयु र सेटटप बक्समा छुट उपलब्ध गराउनुका साथै विशेष छुटमा एमआई राउटर वा नोकिया मेस बिकन १।१ राउटर मध्ये एउटा एक्स्ट्रा राउटर पनि लिन सक्ने विकल्प दिएको छ।

यो अफर नोभेम्बर २० मा सुरु हुने फुटबल विश्वकपको प्रतिक्षामा रहेका सबै फुटबल फ्यानहरूका लागि विशेष रहन सक्छ।

जयनगर-कुर्था रेल ३ दिन ‘अनटाइम्ली’ सञ्चालन हुने Read Previous

जयनगर-कुर्था रेल ३ दिन ‘अनटाइम्ली’ सञ्चालन हुने

तनहुँमा संचालनमा आयो जीपलाइन, खाजासेट सहितको प्याकेज Read Next

तनहुँमा संचालनमा आयो जीपलाइन, खाजासेट सहितको प्याकेज