काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्न साधारण सभा डाकेको छ ।
कम्पनीले मंसिर १८ गते वार्षिक साधारण सभा बोलाएको हो । कम्पनीको सभा लाजिम्पाटस्थित कम्पनीको केन्द्रीय कार्यालयमा सुरु हुनेछ।
कम्पनीले सभामा अघिल्लो वर्षको नाफाबाट घोषणा गरेको १५ प्रतिशत बोनस सेयर र ०.७८९ प्रतिशत नगद गरी १५.७८९ प्रतिशत लाभांश पारित गर्ने प्रस्ताव मुख्य एजेन्डाको रुपमा लैजाने भएको छ ।
यसैगरी, कम्पनीले सभामा आर्थिक वर्ष २०७७/७८ को वासलात, नाफा–नोक्सान हिसाब, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु लैजाने भएको छ ।
साधारण सभा प्रयोजनका लागि कम्पनीले मंसिर ८ गते बुकक्लोज तोकेको छ । सो अनुसार मंसिर ७ गतेसम्म नेप्सेमा कारोबार भइ कायम रहेका सेयरधनीले प्रस्तावित लाभांश र सभामा भाग लिन पाउने छन् ।