पिपुल्स हाइड्रोपावरले कात्तिक २५ गतेदेखि आइपीओ जारी गर्ने

काठमाडौं । पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडले कात्तिक २५ गतेदेखि प्राथमिक साधरण सेयर (आइपीओ) निष्काशन गर्ने भएको छ ।

कम्पनीले सर्वसाधरणका लागि प्रतिकित्ता १०० अंकित मूल्यदरले ५६ करोड ६३ लाख ९ हजार रुपैयाँ बराबरको ५६ लाख ६ हजार ३९० कित्ता सेयर निष्काशन गर्न लागेको हो।

निष्काशन हुने कुल सेयर मध्ये ५ प्रतिशत (२ लाख ८० हजार १९० कित्ता) सामूहिक लगानी कोष र ३ प्रतिशत (१ लाख ६८ हजार १९० कित्ता) कम्पनीका कर्मचारीहरुका लागि छुट्याइएको छ। बाँकी ५१ लाख ५७ हजार ८८० कित्ता सेयरका लागि सर्वसाधरणले आवेदन दिन पाउनेछन् ।

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन्। कम्पनीको आइपीओमा कात्तिक २९ गतेसम्म आवेदन दिन पाइन्छ । सो अवधिमा सबै सेयर नबिकेमा ढिलोमा मंसिर ९ गतेसम्म आवेदन दिन पाइन्छ ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी आस्वा अनुमति प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्था, तिनका शाखा कार्यालयहरुका साथै मेरोसेयर मार्फत आवेदन दिन सक्नेछन् ।

कम्पनीको सेयर निष्काशन तथा विक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ। कम्पनीको आइपीओलाई रेटिङ एजेन्सी केयर रेटिङ नेपाले ‘केयर एनपी डबल बी इस्यूअर’ रेटिङ दिएको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।

 

थप २२ मेगावाट बिजुली भारत निर्यातका लागि नेपालले पायो अनुमति Read Previous

थप २२ मेगावाट बिजुली भारत निर्यातका लागि नेपालले पायो अनुमति

माथिल्लो कर्णालीमा जीएमआरको म्याद थप्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश Read Next

माथिल्लो कर्णालीमा जीएमआरको म्याद थप्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश