नेप्सेमा दोहोरो अंकको करेक्शन, यी हुन् धेरै मूल्य घट्ने कम्पनी

काठमाडौं । सेयर बजारमा करेक्शन आएको छ । यय साताको अघिल्ला ३ दिनमा ८० अंकले बढेको नेप्सेमा आज दोहोरो अंकको करेक्शन आएको छ ।

सूचकसँगै आज कारोबार रकममा पनि गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम ४० करोड ८९ करोडमा सीमित भएको छ ।

बिहीबार नेप्से १६.१४ अंकले घटेर १९२२.१६ विन्दुमा आइपुगेको छ । यसदिन २२० कम्पनीको ८९ करोड ८९ लाख रुपैयाँ बढीको २७ लाख ६७ हजार ५३९ कित्ता सेयर किनबेच भएको छ ।

आज कारोबारमा आएका १३ वटै उपसमूहमध्ये जीवन र निर्जीवन बीमा बाहेक अरु सबै समूहको परिसूचक राताम्मे भएको छ । हाइड्रोपावर समूह सबैभन्दा धेरै १.३७ प्रतिशतले घटेको छ ।

आज एभरेष्ट बैंकको सर्वाधिक कारोबार भएको छ । यसको ४ करोड रुपैयाँ बढीकोे सेयर किनबेच भएको छ । त्यस्तै, अरुण काबेली, एनआइसी एशिया र शिवम् सिमेन्टको ३/३ करोड बढीको कारोबार भएको छ ।

दोहोरो अंकले घटेको बजारमा आज वीन नेपाल लघुवित्तका सेयरधनीले सबैभ्न्दा धेरै ४.९४ प्रतिशत गुमाएका छन् । त्यस्तै, मन्दकिनी हाइड्रोपावर, मैलुङखोला र ग्लोबल आइएमई ब्यालेन्स फण्ड १ का सेयरधनीले ४ प्रतिशतभन्दा धेरै गुमाएका छन् ।

रास्वपाको 'वाचापत्र' : चितवनलाई आर्थिक राजधानी बनाउने, ३१ वर्षमा गरिबी उन्मूलन (पूर्णपाठसहित) Read Previous

रास्वपाको 'वाचापत्र' : चितवनलाई आर्थिक राजधानी बनाउने, ३१ वर्षमा गरिबी उन्मूलन (पूर्णपाठसहित)

राजनीतिक दलका एजेण्डा बन्यो ग्रीन हाइड्रोजन Read Next

राजनीतिक दलका एजेण्डा बन्यो ग्रीन हाइड्रोजन