काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।
कम्पनीले साधरण सभा प्रयोजनका लागि भोलि (कात्तिक १८ गते) बुकक्लोज तोकेको छ । सो अनुसार आजसम्म कायम रहने सेयरधनी मात्र कम्पनीको लाभांश पाउने छन् ।
कम्पनीले आर्थिक वर्ष गत २०७७/७८ को मुनाफाबाट १५ प्रतिशत बोनश सेयर र कर प्रयोजनक लागि ०.७८९ प्रतिशत गरी कुल १५.७८९ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।
कम्पनीको साधरण सभाले पारित गरेपछि सेयरधनीले उक्त लाभांश पाउने छन् ।