बैंकबाट धमाधम पैसा बाहिरिँदै, ११ दिनमा २३ अर्ब झिके

काठमाडौं । वाणिज्य बैंकको निक्षेपमा फेरि गिरावट आएको छ । असोज अन्तिम सातासम्म लगातार बढेको बैंकहरुको निक्षेप कात्तिक लागेसँगै घट्न थालेको हो

नेपाल बैंकर्स संघको तथ्यांक अनुसार असोज मसान्तको तुलनामा कात्तिक ११ गतेसम्म आइपुग्दा वाणिज्य बैंकहरुको निक्षेप २३ अर्बले घटेको छ ।

असोज मसान्तमा ४५ खर्ब ४७ अर्ब पुगेको निक्षेप ४ कात्तिकमा ४५ खर्ब ४१ अर्बमा झरेको थियो । पछिल्लो एक सातामा निक्षेप थप १७ अर्बले घटेर ४५ खर्ब २४ अर्ब कायम भएको छ ।

बैंकहरुको कर्जा भने असोज लागेपछि ५ अर्बले बढेको संघको तथ्यांकले देखाउँछ । बैंकहरुको कुल कर्जा लगानी असोज मसान्तमा ४२ खर्ब २० अर्ब रहेकोमा ४ कात्तिकमा ५ अर्बले बढेर ४२ खर्ब २५ अर्ब पुगेको थियो ।

यस अवधिसम्म आइपुग्दा बैंकहरुको कर्जा लगानी ४२ खर्ब २५ अर्ब रहेको छ। गत आर्थिक वर्षको अन्तिम असार मसान्तमा ४५ खर्ब ४१ अर्ब वाणिजय बैंकहरुको कुल निक्षेप पुगेको थियो ।

यस्तै चालु वर्षको पहिलो महिना साउन मसान्तमा घटेर४४ खर्ब ३३ अर्बसम्म सिमित भएको थियो । भदौमा बढेर ४४ खर्ब ८६ अर्ब पुगेको निक्षेप असोजमा ४५ खर्ब ४७ अर्बसम्म पुगेको थियो ।

यस्तै कर्जा लगानी असार मसान्तमा ४१ खर्ब ७५ अर्ब रहेकोमा साउन मसान्तमा ४१ खर्ब ७७ अर्ब, भदौ मसान्तमा ४१ खर्ब ९० अर्ब र असोज मसान्तमा ४२ खर्ब २० अर्ब पुगेको बैंकर्स संघले जनाएको छ ।

निक्षेप घटेसँगै बैंकको सीडी रेसीयो बढ्दै गएको छ । गत महिना ८७ प्रतिशत तल झरेको सीडी फेरि उकालो लाग्न थालेको हो । तिहार र छठमा मानिसले बैंकबाट निक्षेप झिकेर खर्च बढेसँगै कर्जा लगानी नहुँदा पनि निक्षेप घट्दो छ ।

फेरि चुनावी गतिविधि बढेको छ । जसले गर्दा अझै प्रणालीमा तरलता अभाव हुने बैंकरहरुको भनाइ छ । गत वर्षको दोस्रो त्रैमासदेखि संस्थाहरुको कर्जा लगानी वृद्धि हुन सकेको छैन् । जसको कारण व्यवसाय तथा नाफामा गिरावट आउने आकलन गर्न थालिएको छ ।

चितवनमा घरजग्गा कारोबारमा गिरावट, महानगरले खुलायो कित्ताकाट Read Previous

चितवनमा घरजग्गा कारोबारमा गिरावट, महानगरले खुलायो कित्ताकाट

इलाममा बन्यो नेपालमै पहिलो 'स्काई वाक', पर्यटकको घुइँचो Read Next

इलाममा बन्यो नेपालमै पहिलो 'स्काई वाक', पर्यटकको घुइँचो