एनसीसी बैंकको सेयर मूल्य समायोजन, नयाँ मूल्य कति ?

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्श (एनसीसी)बैंकको सेयर मूल्य समायोजन भएको छ । कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बुकक्लोज गरेसँगै नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले सेयर मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो ।

कम्पनीले आव २०७८/७९ को नाफाबाट वितरण गर्ने ३.३७ प्रतिशत बोनसपछि मूल्य समायोजन भएको हो । नेप्सेका अनुसार समायोजनपछि कम्पनीको सेयर मूल्य १७८.०१ रुपैयाँ कायम भएको छ ।

यही समायोजित मूल्यका आधारमा मंगलबार दोस्रो बजारमा कम्पनीको सेयर कारोबार खुल्नेछ। नेप्सेले सोमबार कारोबार भएको अन्तिम मूल्यका आधारमा सेयर मूल्य समायोजन गरेको हो ।

कम्पनीले आव २०७८/८९ को मुनाफाबाट १० प्रतिशत बोनस सेयर र ७.६३ प्रतिशत नगद गरी कुल ११ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

प्रस्तावित लाभांश पारित गर्न कम्पनीले मंसिर २ गते वार्षिक साधारण सभा बोलाएको छ ।

निर्माण ठप्पप्राय: हुँदा बिकेनन् इँटा, ७० प्रतिशत गोदाममै थन्किए Read Previous

निर्माण ठप्पप्राय: हुँदा बिकेनन् इँटा, ७० प्रतिशत गोदाममै थन्किए

१४० मेगावाटको तनहुँ जलविद्युत् आयोजनाको सुरुङ खन्न सुरू Read Next

१४० मेगावाटको तनहुँ जलविद्युत् आयोजनाको सुरुङ खन्न सुरू