आइसीएफसी फाइनान्सको नाफामा भारी गिरावट, ईपीएस कति ?

काठमाडौं । आइसीएफसी फाइनान्सको खुद नाफामा गिरावट आएको छ । कम्पनीले मंगलबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार खुद नाफा गत वर्षको सोही अवधिको तुलनामा २९.७९ प्रतिशतले घटेको छ ।

कम्पनीले चालु आवको असोज मसान्तसम्म ३ करोड ३४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको सोही अवधिको तुलनामा १ करोड ४२ लाख रुपैयाँ कम हो । गत वर्षको पहिलो त्रैमासमा फाइनान्सले ४ करोड ७६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

खुद ब्याज आम्दानी बढे पनि इम्पेरमेन्ट चार्ज बढ्दा फाइनान्सको नाफामा गिरावट आएको हो । समीक्षा अवधिमा फाइनान्सको खुद ब्याज आम्दानी ३४.९१ प्रतिशत बढेर १४ करोड ८८ लाख पुगेको छ । कम्पनीको खुद फी तथा कमिसन आम्दानी ४४.७२ प्रतिशत घटेर १ करोड ८८ लाखमा सीमित भएको छ भने सञ्चालन मुनाफा २७.०१ प्रतिशत घटेको छ।

हाल १ अर्ब १२ करोड चुक्ता पूँजी रहेको कम्पनीको रिटेन्ड अर्निङमा ९ करोड ४३ लाख र रिजर्भ कोषमा ५४ करोड ३ लाख रुपैयाँ संचित छ ।

खुद नाफामा गिरावट आएसँगै फाइनान्सको प्रतिसेयर आम्दानी ५.०४ रुपैयाँ घटेर ११.८७ रुपैयाँमा सीमित भएको छ । समीक्षा अवधिमा फाइनान्सको प्रतिसेयर नेटवर्थ १५६.३२ रुपैयाँ, मूल्य आम्दानी अनुपात ३६.८९ गुणा, खराब कर्जा १.३१ प्रतिशत छ ।

 

यसवर्ष नेपालको आर्थिक वृद्धिदर ५.८ प्रतिशत हुने विश्व बैंकको प्रक्षेपण Read Previous

यसवर्ष नेपालको आर्थिक वृद्धिदर ५.८ प्रतिशत हुने विश्व बैंकको प्रक्षेपण

यात्रुलाई दुःख दिने नेपाल एयरलाइन्सलाई सोधियो २४ घण्टे स्पष्टीकरण Read Next

यात्रुलाई दुःख दिने नेपाल एयरलाइन्सलाई सोधियो २४ घण्टे स्पष्टीकरण