स्ट्याण्डर्ड चार्टर्ड बैंकको लाभांश घोषणा, अघिल्लो वर्षकोभन्दा बढ्यो

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकले आर्थिक वर्ष २०७८/७९ को मुनाफबाट लाभांश घोषणा गरेको छ ।

बैंक संचालक समितिको कात्तिक १४ गते बसेको बैठकले सेयरधनीलाई १६.५१ प्रतिशत (करसहित)नगद लाभांश दिने घोषणा गरेको हो ।

बैंकले घोषणा गरेको लाभांश अघिल्लो वर्षकोभन्दा ३.४५ प्रतिशत धेरै हो । बैंकले आव २०७७/७८ मा १० प्रतिशत बोनस सेयर र ३.०६ प्रतिशत नगद गरी १३.०६ प्रतिशत लाभांश दिएको थियो ।

प्रस्तावित लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी साधरण सभाबाट पारित भएपछि सेयरधनीले पाउने छन् ।

विद्युत् निर्यातका लागि उच्च क्षमताको प्रसारण लाइन विस्तार गर्दै प्राधिकरण Read Previous

विद्युत् निर्यातका लागि उच्च क्षमताको प्रसारण लाइन विस्तार गर्दै प्राधिकरण

बैंक चम्किँदा नेप्सेमा दोहोरो अंकको वृद्धि, यी हुन् धेरै मूल्य बढ्ने १० कम्पनी Read Next

बैंक चम्किँदा नेप्सेमा दोहोरो अंकको वृद्धि, यी हुन् धेरै मूल्य बढ्ने १० कम्पनी