अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्यो, प्रतिब्यारेल कति ?

काठमाडौं। गत वर्षदेखि रुस र युक्रेन युद्धले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य आकाशिदै गएको छ । पश्चिमा देशहरुले रुसमाथि लगाएको प्रतिबन्धले विश्वभर इन्धनको माग बढेसँगै मूल्य पनि बढेको हो ।

इन्धनको आपूर्ति प्रणाली खल्बलिएपछि अधिकांश देशहरुले चर्को मूल्यवृद्धिको सामना गरिरहेका छन् । पेट्रोलियम पदार्थमा आएको उतारचढावले आपूति असहज मात्र बनाएको छैन् उत्पादन तथा ढुवानी लागत पनि बढाएको छ । पछिल्लो समय भने अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य केही घटेको छ ।

गत फेब्रुअरीमा प्रतिब्यारेल १३९ डलर पुगेको कच्चा तेलको मूल्य पछिल्लो एक महिना यता एकसय डलरको हाराहारीमा रहेको छ । तिहारअघि प्रतिब्यारेलको मूल्य ९७ डलर रहेकोमा हाल घटेर ९५.७७ डलर कायम रहेको छ । केही समय ओरालो लागेको इन्धनको मूल्य फेरि बढ्नसक्ने आकलन गरिएको छ ।

तेल उत्पादक देशहरूको समूह ओपेकले दैनिक २० लाख ब्यारेल उत्पादन कटौती गर्ने घोषणा गरिसकेको छ भने मागमा हुने वृद्धिले इन्धन अभाव हुनसक्ने अन्तर्राष्ट्रिय आपूर्ति संस्थाहरुको भनाइ छ ।

गत जनवरीदेखि जारी रुस युक्रेन युद्धमा विश्वको तेस्रो तेल निर्याता देश रुसमाथि अमेरिका र पश्चिमी मुलुकहरूले आर्थिक नाकाबन्दी र तेल आयातमा प्रतिबन्ध कायमै राखेका छन् ।

इन्धन अभाव र त्यसको मूल्यवृद्धिले दैनिक उपभोग्य तथा खाद्य सामग्रीको मूल्य सोही अनुसार बढेको छ । जसको कारण विशेषगरी इन्धन आयातकर्ता देशहरु समस्यामा परेका छन् ।

अब अन्तर्राष्ट्रिय चार्टर्ड उडान भैरहवाबाट गर्नुपर्ने Read Previous

अब अन्तर्राष्ट्रिय चार्टर्ड उडान भैरहवाबाट गर्नुपर्ने

विद्युत् निर्यातका लागि उच्च क्षमताको प्रसारण लाइन विस्तार गर्दै प्राधिकरण Read Next

विद्युत् निर्यातका लागि उच्च क्षमताको प्रसारण लाइन विस्तार गर्दै प्राधिकरण